मिरिक बजारमा धर्का कोरेर गाडीहरू राख्ने स्थान निदिष्ट

मिरिक: मिरिक ट्राफिक पुलिसले आज बुधवार मिरिक बजारमा धर्का कोरेर गाडीहरू राख्ने स्थान निदिष्ट गरिदिएको छ। मिरिकमा ट्राफिक ब्यवस्थालाई दुरूस्त राख्न साथै जतासुकै गाडीहरूलाई पार्किङ गर्न नदिनको लागि यस्तो गरिएको हो। मिरिक ट्राफिक ओसी नितिन रोयले मिरिकमा ट्राफिक समस्यालाई ब्यवस्थित गर्न उक्त पहल गरिएको जानकारी दिएका छन्ं। तिनले सबैलाई जतासुकै गाडीहरू पार्किङ नगरिदिने अनुरोध पनि गरेका छन्। यदि कसैले ट्राफिक नियमको उल्लङ्घन गरेको खण्डमा कानुनी कार्वाही गरिने तिनले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement