खरसाङ: घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार लिङ्कन क्लब सिपाहीधुरा र गिध्द पहाडमाझ खेल सम्पन्न भएको छ। उक्त खेलमा लिंकन क्लबले ४-२ को अन्तरले गिध्द पहाडलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। अब आगामी २५ दिसम्बरको दिन हुने खेल युनाइटेड घैयाबारी र मिक्स अप बोइज खरसाङमाझ सम्पन्न हुने भएको घैयाबारी स्पोटर्स एसोसिएसनको मूल सचिव शंकु खवासले जानकारी दिएका छन्। उनले बताए अनुसार घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा हुने भएको छ। यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित नगदराशि डेढ लाख अनि उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।