सिलगढी: केन्द्रीय गृहमन्त्री अमित शाहले १७ दिसम्बरमा राज्यसभामा डा बीआर अम्बेडकरमाथि अभद्र टिप्पणी गरेको भन्दै यसको विरूद्ध दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसद्वारा सोमबार दिउँसो एक विरोध जुलुस निकाल्यो। आज सिलगढी बाघजातिन पार्कबाट शरु भएको विरोध जुलुस शहरको मुख्य सडक परिक्रमा गरी एयर भ्यू मोडमा समापन भयो। दार्जीलिङ जिल्ला अध्यक्ष पापिया घोष, सिलगढीका मेयर गौतम देव र अन्य समर्थकहरू यस जुलुसमा सहभागी थिए।