शारीरिक साथै मानसिक यातनाको आरोप लगाउँदै पत्नीद्वारा थानामा उजुरी दायर, पति पक्राउ

IMG-20241223-WA0202

सिलगढी: लगातार शारीरिक र मानसिक यातनाबाट आजित भएर पत्नीले थानामा उजुरी गरेपछि पुलिसले पतिको पक्राउ गरेको छ। यो घटना सिलगढी मेट्रोपोलिटन पुलिस प्रमुख नगर थाना क्षेत्रको हो। पत्नीको आरोप अनुसार, विवाहपछि नै पतिले उनलाई शारीरिक र मानसिक रूपमा यातना दिन थालेका थिए। दिन प्रतिदिन अत्याचार बढ्दै गएको थियो। अन्ततः पतिका विरुद्ध उजुरी दर्ता गरियो। पत्नीको उजुरीको आधारमा यातनाको आरोपमा पतिलाई पक्राउ गरिएको छ। पतिको नाम विष्णु शाह ब्ताइएको छ। २०२० मा चम्पासारी निवासी विष्णुले प्रेम सम्बन्धमा ज्योति शाहसँग विवाह गरेका थिए। कथित रूपमा, विवाहको केही महिनापछि नै दाइजोको माग गर्दै विष्णुले ज्योति माथि दबाव दिन थाले। यसका लागि उनलाई मानसिक र शारीरिक रूपमा यातना दिइएको थियो। साथै, मागहरू दिन प्रतिदिन बढ्दै गइरहेका थिए। अन्ततः १८ दिसम्बरमा पीडित ज्योति शाहले सिलगढी महिला थानामा उजुरी दर्ता गराइन्। उजुरीको आधारमा पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। सिलगढी महिला थानाको पुलिसले प्रमाणहरूका आधारमा र वरपरका मानिसहरूको बयान सुनेपछि आरोपी विष्णु शाहलाई चम्पासारीस्थित उनको घरबाट गए राति पक्राउ गर्‍यो। सोमबार पक्राउ परेका विष्णु शाहलाई सिलगढी जिल्ला सत्र अदालतमा प्रस्तुत गरियो। यद्यपि आरोपीले आफूलाई जानाजानी दुःख दिएको दाबी गरेका छन्। उनकी पत्नीले लगाएको आरोप पूरै गलत भएको बताएका छन्। उनले यस्तो कुनै व्यवहार नगरेको दाबी गर्दै प्रतिवाद गरेका छन् कि उनकी पत्नीको विवाहेत्तर सम्बन्ध थियो, जसका कारण उनलाई झूटो आरोप लगाइएको हो। पुलिसले यो सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement