सिलगढी वार्ड नम्बर ३९ मा वार्ड उत्सव शुरु

IMG-20241223-WA0193

सिलगढी: हरेक वर्ष जस्तै यस वर्ष पनि वार्ड महोत्सव “मल्लिका” को सोमबार सिलगढीको हैदर पाडाको नम्बर ३९ मा शुभारम्भ भएको छ। यस वार्ड महोत्सवको शुरुवातमा रंगारंग जुलुस निकालियो। वार्ड नम्बर ३९ का विभिन्न सदस्यहरुले शोभायात्रा निकाले।  यस शुभ आरम्भमा सिलगढी नगरनिगमका मेयर गौतम देव क्षेत्र पनि उपस्थित थिएl उनले पनि शोभायात्रामा सहभागी भएर वार्डको परिक्रमा गरे। स्थानीय ३९ वार्ड पार्षद पिंकी साह, कार्यक्रममा वार्ड सचिव विवेकानन्द साह, वार्ड अध्यक्ष अजय पाल, तृणमूल नेता कुन्तल रोय, बिमान तापदार, प्रितिकना विश्वास, पूर्ण चक्रवर्ती, शुभ्रा बनर्जी, सुजय सरकार, गणेश दास, पिन्टु साह, जय कृष्ण विश्वास, सोमनाथ चक्रवर्ती लगायत अन्य गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement