खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल अन्तर्गत आज ब्राइट स्पोर्टिङ्ग क्लब र केएफसीमाफ सम्पन्न भएको छ। यस खेलमा ब्राइट स्पोर्टिङ्ग क्लबले १-० को अन्तरले केएफसीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा पहिलो हाफको २१औं मिनटमा ब्राइट स्पोर्टिङ्ग क्लबको तर्फबाट क्रिस छेत्रीले गोल गरेका थिए। यही गोल नै निर्णायक सावित भएको थियो। दोस्रो हाफको खेलमा केएफसीले खेल बराबरीमा ल्याउन धेरै प्रयास गरे पनि गोल गर्न नसकेपछि खेल १-० को अन्तरले जित्दै ब्राइट स्पोर्टिङ्ग क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच ब्राइट स्पोर्टिङ्ग क्लबको क्रिस छेत्री चयन भएका छन्। अब भोलि मंगलबार हुने खेल दार्जिलिङ युनाइटेड र निखिल सेभेन महानदीमाझ सम्पन्न हुने जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सह कोषाध्यक्ष सुभम प्रधानले दिएका छन्। उनले बताए अनुसार गत १५ दिसम्बरदेखि तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा हुनेछ भने यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।









