प्रधानमन्त्री रोजगार मेलामा यस क्षेत्रका २६४ जनाले पाए नियुक्ति पत्र

IMG-20241223-WA0181


जलपाईगढी:
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्ती अभियान ‘रोजगार मेला’ अन्तर्गत लगभग ७१ हजार युवाहरूलाई नियुक्ति पत्रहरू हस्तान्तरण गरे। यसै शृङ्खलामा जलपाईगढी जिल्लाको सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको छेउमा रहेको बीएसएफको राधाबारी सेक्टर अफिसमा देशभरका रोजगार मेला आयोजना गरियो। कार्यक्रममा केन्द्रीय राज्यमन्त्री डा सुकान्त मजुमदारको सहभागिता रहेको थियो। मन्त्री सुकान्त मजुमदारले रोजगार मेलामार्फत यस क्षेत्रका २६४ युवा युवतीले केन्द्र सरकारका विभिन्न विभागमा रोजगारी पाएको बताए।

बेरोजगारीबाट मुक्त भएकी स्वीटी शर्माले भनिन्, ‘बीएसएफमा भर्ना भएर देशको सेवा गर्नसक्ने भएकाले आज मलाई निकै गर्व लागेको छ।‘ स्वीटी बाहेक पश्चिम बंगालको कालेबुङ जिल्लाका कृष्ण शर्माले गर्वका साथ भने, ‘आज धेरै खुशीको कुरा हो, धेरै परिक्षा पछि यो दिन आएको छl’ कालेबुङ जिल्लालगायत केन्द्र सरकारका विभिन्न विभागमा विभिन्न राज्यका मानिसले नोकरीको अवसर पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement