उत्तर दिनाजपुर: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई आजीवन कारावासका साथ पाँच हजार रुपियाँ जरिवानाको सजाय इस्लामपुर महकुमा अदालतको फास्ट ट्र्याक अदालतका न्यायाधीश पिनाकी मित्राले सुनाएका छन्। उनले शुक्रबार यो सजायको घोषणा गरेका हुन्। उल्लेखनीय छ, १३ अक्टोबर २०१७ मा चोपडाको बन्धन लाइन क्षेत्रमा बस्ने माइकल ओन्राले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। सो घटनामा पीडितका भाईले १४ तारिख चोपडा पुलिस चौकीमा उजुरी दिएका थिए। उजुरीका आधारमा चोपडा पुलिस चौकीले आरोपित श्रीमानलाई सोही दिन पक्राउ गरेको थियो। यस मुद्दामा चोपडा थानाका आईओ वासुदेव साधुखानले ९० दिनभित्र अभियोगपत्र पेश गरेका थिए। त्यसपछि अभियुक्तको हिरासतमा सुनुवाइ शुरु भयो। सरकारी वकिल मुक्तार अहमदका अनुसार इस्लामपुर महकुमा अदालतको फास्ट ट्रयाक अदालतका न्यायाधीश पिनाकी मित्राले करिब ७ वर्ष २ महिनामा अभियुक्तलाई आजीवन कारावासदको फैसला सुनाएको छ।