रेलवेले सडक अवरुद्ध गरेको आरोप लागेपछि मेयरले गरे  ३२ नम्बर वार्डको भ्रमण

IMG-20241223-WA0170

 सिलगढी: गत शनिबार “टक टु मेयर” कार्यक्रममा नगरनिगम वार्ड नम्बर ३२ का एक नागरिकले रेलवेले सडक अवरुद्ध र पर्खाल निर्माण गरेको आरोप लगाए। यही गुनासोका आधारमा आज सिलगढीका मेयर गौतम देवले उक्त क्षेत्रको भ्रमण गरी यस सम्बन्धमा जानकारी लिए। यसपछि पत्रकारसँग कुरा गर्दै मेयरले गुनासोपछि आज वार्ड पार्षदसहित त्यहाँ पुगेर त्यहाँका बासिन्दासँग कुरा गरेको बताए। उनले भने, ‘हामीले रेलवे अधिकारीहरूसँग सम्पर्क गरेका छौं। यो समस्या समाधानका लागि छिट्टै महानगरपालिका र रेलवेको संयुक्त बैठक बस्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement