मृगको मासु काट्दै गरेका दुईजना भरुवा बन्दुकसहित समातिए

IMG-20241223-WA0204

सुनसरी: सुनसरीको बराहक्षेत्र-१ मा मृगको मासुसहित दुईजना पक्राउ परेका छन्।
सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, चतरा सुनसरीबाट खटिएको संयुक्त टोलीले भरूवा बन्दुक र मृगको मासुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement