वरिष्ठ पत्रकार शिबु छेत्रीलाई नेपाली पत्रकारिता पुरस्कार २०२२ प्रदान
नयाँ दिल्ली; हाम्रो स्वाभिमान ट्रस्टले हरितालिका तीज महोत्सव-२०२२ दिल्लीको तालकटोरा इन्डोर स्टेडियमा पालन गरेको छ। दिउँसो १२ बजेबाट सुरू भएर राति ७ बजेसम्म चलेको कार्यक्रममा दिल्लीमा बसोबास गर्ने २५ हजारभन्दा बढी गोर्खालीहरू सम्मिलित थिए। प्रमुख अतिथिको रूपमा गोर्खा जनमुक्ति मोर्चाका राष्ट्रीय अध्यक्ष विमल गुरुङ, विशिष्ट अतिथिको रूपमा सांस्कृतिक मन्त्री एम मीनाक्षी लेखी, डॉक्टर शंकर प्रसाद शर्मा, राजदूत नेपाली राजदूतावास र ऐलेग्ज्येन्डर जार्ज मुथूत, जेएमडी द मुथूत ग्रूप्स र विशिष्ट अथिति डॉक्टर ज्वाला प्रसाद उपस्थित थिए। तीजको दिन महिलाहरूले निर्जला व्रत बसेर पनि उत्साहपूर्वक सांस्कृतिक नृत्य कार्यक्रममा थप ऊर्जा प्रदान गरेका थिए। यस तीज महोत्सवमा विभिन्न कार्यक्रम आकर्षणका केन्द्र विन्दु थिए। राष्ट्रीय पुरस्कार सम्मान समारोह, पुस्तक लोकार्पण समारोह, फैशन शो, एवम् सांस्कृतिक कार्यक्रम आदि रहेको थियो। यो वर्ष ट्रस्टले राष्ट्रीय पुरस्कार सम्मानमा डा. गोकुल सिन्हालाई नेपाली साहित्य सम्मान-२०२२, युद्धवीर राणालाई नेपाली साहित्य पुरस्कार पद्य-२०२२, डा. गोमा देवी शर्मालाई नेपाली साहित्य पुरस्कार गद्य-२०२२ एवम् वरिष्ठ पत्रकार शिबु छेत्रीलाई नेपाली पत्रकारिता पुरस्कार २०२२, डाक्टर शंकर प्रसाद शर्मा, डाक्टर ज्वाला प्रसाद, रेजिस्ट्रार आदिको हातबाट सम्मानित गर्यो।

युवा साहित्यकार हर्कबहादुर लामगादे ‘रोहित’ को नेपाली कथासङ्ग्रह ‘रेडियोरिता’ मुख्य अतिथि, विशिष्ट अतिथि भाषाविद् विष्णु गुरुङ, भाषा संग्रामी उत्तम छेत्री, साहित्यकार धर्मराज थापाको हातबाट सार्वजनिक गरिएको छ।

हाम्रो स्वाभिमान ट्रस्टले यो वर्ष तीज महोत्सवमा नेपाली ‘सांस्कृतिक फैसन शो’ को आयोजन गर्यो जसमा चालिस गोर्खाली चेली प्रतिभागी थिए। फैशन जगतको आइकन रीता गंगवानीको साथमा जितिका देवी, दीपांजलि क्षेत्री, रिचर्ड रसैली र राजेन्द्र घिमिरेलाई निर्णायक मण्डलीको रूपमा राखिएको थियो। योगिता क्षेत्री ़ले तीज क्वीनको खिताबको विजेता भए। यी विजेतालाई राशि एवम् प्रमाण पत्र ट्रस्टले प्रदान गरेको छ।
सांस्कृतिक कार्यक्रम अति मनोरंजक र आकर्षण थियो जसको प्रस्तुति सुनीता दुलाल, सुनीति खाती, सहिमा श्रेस्ठ, किरण भुजेल, परबेश मलिक, बिक्रम खत्री, यश चौहान आदि ले नेपाली गीत र अनेक नृत्य प्रस्तुति गरे। महोत्सवमा उपस्थित भएका सबै दर्शक आनन्दित थिए।

२३ सितम्बर, २०२२ प्रेम गीत ३ भारतमा पनि हिन्दी डब रिलिज हुँदैछ। फिल्मका अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिल्म प्रचारका लागि तीज महोत्सव कार्यक्रममा आएका थिए जहाँ सबै दर्शकलाई मनोरंजन गराए। कार्यक्रमको प्रेरणा अनिता क्षेत्री, अध्यक्षता नारायण श्रेस्ठ, कार्यकारी अध्यक्ष शिबलाल गँवाली, उपाध्यक्ष नारायण शर्मा, राष्ट्रीय संयोजक नओमी खाती, महिला अध्यक्ष श्रीमती अनिता गँवाली, यूथको संचालन कल्पना शर्मा र मंच संचालन युवराज भट्टराई र दीपिका डुम्रेयले गरेका थिए।