काठमाण्डू: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निल’म्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ। आज (सोमबार) सिंहदरवारमा सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपाका सांसद सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले नि’लम्बन नगर्न आग्रह गरेका हुन्।
जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, का*नुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए।