मुख्यमन्त्रीसंग १७औं माउण्टेन डिभिजनका उच्च अधिकारीहरूको भेट

n644542401173494851124706ee3d9ca7921765ad0a97a8691bcf44eeaf0b6e81b6504c15e639a7868942ad

गान्तोक: भारतीय सेनाको १७औं माउण्टेन डिभिजनका जीओसी मेजर जेनरल एमएस राठोर र मेजर जेनरल अमित कबतियालले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरेका छन्।
मेजर जेनरल राठोर भर्खरै मात्र १७औं माउण्टेन डिभिजनका जीओसीमा नियुक्त भएका हुन्।
मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा भारतीय सेनाका उच्च अधिकारीहरूसॅंग भेटको फोटोसहित जानकारी साझा गरेका छन्। मुख्यमन्त्रीले निवर्तमान जीओसी अमित कबतियाललाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले जीओसी कबतियालको उदाहरणीय सेवा र नेतृत्वको सराहना गर्दै उनको कार्यकालमा एक बलियो र सौहार्दपूर्ण सम्बन्ध साझा गरेको उल्लेख गरे।
यसैगरी, मुख्यमन्त्रीले नवनियुक्त जीओसी राठोरलाई उनको सफल र प्रभावशाली नेतृत्वदायी कार्यकालको निम्ति शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement