मणिपुर पुलिसले प्रीपाकका बिद्रोही कार्यकर्तालाई समाते

IMG-20241223-WA0189

इम्फाल: मणिपुर पुलिसले एउटा ठूलो कारबाही चलाएर प्रीपाक (पीपुल्स रिवोल्यूशनरी पार्टी अफ कांगलेईपाक) का बिद्रोही कार्यकर्ता २६ बर्षीय खुम्बोंगमयुम अभिजीत सिंह लाई पक्राउ गरेको छ।
उनी काकचिंग जिल्लाको इरेंगबंद म्यारेनबाम म्यानिङ लीकाई निवासी हुन्। उनलाई काकचिंग चुन्नांग क्षेत्रबाट पक्राउ गरिएको हो।
पुलिसले जानकारी गराए अनुसार, गत १ अक्टोबरका दिन इम्फाल वेस्ट जिल्लामा अज्ञात सशस्त्र समूहले एक नागरिकबाट जबरजस्ती एउटा एसयूवी गाड़ी कब्जामा लिए। जॉंचका क्रममा उक्त गाड़ी एटीका सदस्य असेम कानन सिंह र उनका साथीहरूले प्रयोग गरेको थाहा भयो।
सुरक्षा बलको संयुक्त टीमले इम्फाल वेस्टको उरिपोक सोरबोन थिंगेलस्थित अभियुक्तको निवासमा छापा मारे। अभियुक्त र उनका सहयोगीहरू त्यहॉं भेटिएनन्।तर जॉंचको क्रममा धेरै सर सामानहरू बरामद गरिएका छन्। जसमा सीसीटीवी क्यामेराको डीवीडी मशीन, एउटा चारचक्के वाहन, एसडीआरएफको पहेंलो रंगको लाइफ ज्याकेट, एउटा एयर गन (ह्यूरिकेन एमओडी-१८), दुईवटा ब्ल्याक बुलेटप्रूफ ज्याकेट सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement