गुवाहाटी(असम): गुवाहाटीमा गएको राति एक सड़क दुर्घटना दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै ज्यान गएको छ। सो दुर्घटनामा मृत्यु हुनेहरु एक युवक र एक युवती रहेका छन्। युवकले रेपिडो चलाइरहेका थिए।
दुर्घटना सुपर मार्केट छेउ फ्लाइओभरमा भएको थियो।पुलिसका अनुसार मृत युवक नलबाडीको चापलाकुची निवासी रंजीत राजशंवी हुन भने युवतीको नाम खुल्न सकेको छैन। दुर्घटना तब भयो ज़ब एउटा अन्य गाड़ीले दुई यात्रु सवार रेपिडोलाई हिर्काएर फरार भए। दुर्घटनामा रेपिडो चालक रंजीत राजवंशीको घटनास्थलमै मृत्यु भयो। युवतीलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पुरयाउनु साथ चिकित्सकले मृत घोषणा गरे। पुलिसले घटनाको जॉंच गरिरहेको छ।










