काठमाण्डू: माननीय तोसीमा कार्की लेख्छिन, ‘निर्वाचनको बेला जति दौडधुप नेताहरुले जनताको घर घरमा टोलमा बस्तीमा गरेका हुन्छन् निर्वाचनपछि पनि नेताहरुले जनताका मुद्दामा त्यति नै दौडधुप र मेहनत गरिदिएका भए अवस्था फरक भइसकेको हुन्थ्यो। आजसम्म भएको यही हो की निर्वाचनहरुमा नेताले जिते, तर जनता हारिरहे। फरक हामी जनतामाझ पुग्छौं, सोध्छौ, बुझ्छौं, खोज्छौं र समस्याहरूमा पहल गर्छौं। हामी जनता जिताउने राजनीति गर्न खोजिरहेका छौं। चुनौतिपूर्ण छ, तर यहाँहरूको विश्वास र आशिर्वादको लागि सधैं आभारी छौँ।’