भक्तपुर: भक्तपुरमा बुवा-छोरा मृत फेला परेका छन्। आज बिहान सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकाधारामा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन्।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन्।उनीहरूमाथि दारिलो हरियार प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।