नक्कली बिबाह गर्ने गराउने पक्राउ

IMG-20241223-WA0172

कन्चनपुर: आफु इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै ३१ बर्षिया युवतीसँग बिवाह गर्ने ३२ वर्षीय विष्णुप्रसाद मालीलाई प्रहरीले पक्राउ गरेको छ। बिवाहपछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो। कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलासा भएको थियो। र मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोपमा ४२ वर्षीय वीरबहादुर ऐर पनि पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement