इलाम: इलाम को चुलाचुली गाउँपालिका वडा नम्बर ५ शिखरकटेरीमा जंगली हात्ती गाउँ पसेर दु:ख दिन थालेपछि स्थानियहरु ले हात्ती रोक्न का लागि रातको समयमा पहरा दिने गरेका छन्। झापा दमक स्थित हंसेदुम्से सामुदायिक बनमा दिनभरि बस्ने र रात परेपछी आहाराको खोजी मा गाउँ पस्ने भएकाले स्थानिय हरु दैनिक साँझ परे पछि राती ११ बजेसम्म मुख्य मुख्य गौडाहरुमा आगो बालेर पहरा दिने गर्दछन्।