बस दुर्घटनामा गम्भीर घाइते मोरङका जयप्रकाश दासको मृत्यु

IMG-20241223-WA0147

मोरङ: सुनबर्सी नगरपालिका-९ भेडवाथनमा मंसिर ३ गते भएको बस दुर्घटनामा गम्भीर घाइते भएका सुनबर्सी-५ का जयप्रकाश दासको उपचारकै क्रममा मृ*त्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार, बसबाट ओर्लिन नपाउँदै गाडी अगाडि बढाउँदा जयप्रकाश दास गम्भीर घाइते भएका थिए। घटनाका बेला बसमा न कन्डक्टर थियो, न त खलासी। चालकले कन्डक्टर र खलासीको काम पनि आफैं गर्दै आएका कारण यस्तो लापरवाहीपूर्ण घटना भएको बताइएको छ।
घटनापछि गम्भीर घाइते दासलाई तत्काल रंगेली अस्पताल पुर्याइएको थियो। थप उपचारका लागि न्युरो हस्पिटल लगिएको थियो उपचारकै क्रममा उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement