बिपिमा शिशुको मृत्युपछि कमजोरी स्वीकार गर्दै छानबिन समिति गठन

IMG-20241223-WA0144

सुनसरी: सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार १५ महिने शिशुको मृत्यको प्रकरणको छानविन गर्नको लागि आइतबार सात सदस्यीय छानविन समिती बनेको छ।
प्रतिष्ठानमा भएको सर्वपक्षीय बैठकले कानुन व्यवसायी लवनीय राज कार्की संयोकत्वमा सात सदस्यीय छानविन समिती बनेको हो। उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको पीडित पक्षको आरोप छ। छानविन समितीले १५ दिन भित्र घट्नाको संवन्धमा छानवीन गरि प्रतिवेदन वुझाउने र दोषी उपर कार्वाही समेत गरिने बताइएको छ। झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका बालकको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गम्भीर आपत्ति जनाउँदै पीडित पक्षलाई न्याय दिलाउनु पर्ने माग गरिएको छ।
मृतकका पिता मोहन खड्काका अनुसार झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए।चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै २,४ दिनपछि मात्र ल्याउन सुझाएका थिए।
घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रतिष्ठानका निर्देशक डा. जगत नारायणले दोषी चिकित्सक विरुद्ध कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement