मोरंग: विराटनगरका उद्यमी नवीन रिजालले २०५०(१९९४) मा सुरू गरेको प्लास्टिकको पानी ट्यांकी उद्योगका सामग्रीहरू अहिले ब्रान्ड बनेको छ। उद्योगको उत्पादन अहिले देशभित्र मात्र नभई विदेशमा पनि बढ़दो मांगका कारण खपत हुने गरेको छ।
सुरु सुरुमा उधारोमा मेसिन किनेर व्यवसाय सुरु गरिएको उद्योग अहिले करोडौं मूल्यका अत्याधुनिक मेसिनबाट सञ्चालित छ।
उद्योग काठमाण्डू लगायतका क्षेत्रमा पनि विस्तार भएको छ। २०६७ (२००५)मा रिजाल्को ग्यास र २०७२(२०१४) मा रिजाल्को पाइपसमेत उत्पादन गर्न था लेको हो। सुरुमा लगानी २५ लाख रहेको उद्योगले अहिले वार्षिक करिब अढाई सय करोड रुपैयाँको कारोबार गर्दै आएको छ। आज रिजाल्को उद्योगले ५० भन्दा बढी प्रकारका ट्यांकी उत्पादन गर्छ। रंगीन ट्यांकी, बिर्कोसहितका ट्यांकी र उपभोक्ताको आवश्यकता अनुसारका डिजाइनका ट्यांकी बजारमा देख्न सकिन्छ। उनको उद्योगबाट १ सयदेखि १० हजार लिटरसम्मका ट्यांकी उपलब्ध छन्।
ट्यांकीका लागि विदेशबाट कच्चा पदार्थ आयात गरिन्छ। कोरिया, सिंगापुर, साउदी अरब, मलेसिया, भियतनामजस्ता देशबाट आयात गरिएका कच्चा पदार्थ र केमिकलको प्रयोगबाट ट्यांकी निर्माण गरिन्छ।
रिजाल्को उद्योगले करिब ८ सय श्रमिकलाई प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी दिएको छ। नेपालभरि ५ हजारभन्दा बढी आउटलेटबाट उपभोक्तासम्म उत्पादन पुग्छ। ‘नेपालसँग सीमा जोडिएको चीनको तिब्बत र भारतको केही क्षेत्रमा पनि हाम्रो उत्पादन गइरहेको छ,’ उद्योगी नवीन भन्छन, ‘तेस्रो देशमा निर्यात गर्ने योजनामा छौं।’
यही उद्योगले नयाँ प्रविधिवाट थ्रिडेट क्याप भनेर उत्पादन सुरु गरेको थियो। पछिल्लो समय ट्यांकीमा हुक लगाउने प्रविधि पनि उद्योगले विकास गरेको छ।