गान्तोक: गान्तोकको रेमन्ती संगीत एकाडेमीले आज प्रि-क्रिसमस उत्सवको रूपमा संगीत अर्केस्ट्रा आयोजन गऱ्यो। कार्यक्रममा विद्यार्थीहरुले वेस्टर्न क्लासिकलसंगै केही लोक संगीतका धुनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न संस्थाका आमन्त्रित अतिथिहरू, रेमन्ती संगीत एकाडेमीका अभिभावकहरू र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। संगीत अर्केस्ट्राको मुख्य उद्देश्य शास्त्रीय संगीतप्रति प्रोत्साहित गर्नु थियो। उपस्थित अभिभावकहरूले अर्केस्टामा सहभागी संगीतकारहरूलाई सम्मान गरेका थिए। कार्यक्रम एकाडेमीकी संस्थापक रेमन्ती राईले सञ्चालन गरेकी थिइन् र डा. प्रवीण रिजालले धन्यवाद ज्ञापन गरेका थिए। उल्लेख्य रहोस्, राजधानीको यस चर्चित संगीत एकाडेमीले विद्यार्थीहरुलाई पश्चिमी अनि भारतीय संगीतको लतालिम प्रदान गर्दगै आएको छ। एकाडेमीले आफ्ना विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विभिन्न प्रकारको सांगीतिक कार्यक्रम पनि प्रस्तुत गर्दै आएको छ।










