असमममा सिक्किमका तीन स्कूल ब्याण्डको उत्कृष्ट प्रदर्शनी

IMG-20241222-WA0242

गान्तोक: वेस्ट पोइन्ट सिनियर सेकेण्डरी स्कूलले पूर्वोत्तर क्षेत्र स्कूल ब्याण्ड प्रतियोगिताको ब्रास ब्याण्ड श्रेणीमा च्याम्पियन भएको छ। यस्तै गरि बोइज पाइप ब्याण्ड च्याम्पियनशीपको खिताब नर्थ सिक्किम एकाडेमीले हत्याएको छ। स्मरण रहोस्, असम सरकारको शिक्षा विभागद्वारा समग्र शिक्षाअन्तर्गत आयोजित पूर्वोत्तर क्षेत्रस्तरीय स्कूल ब्याण्ड प्रतियोगितामा सिक्किमका तीन स्कूलले भाग लिएका थिए। जसमा उक्त तीनै स्कूलहरूले उल्लेखनीय प्रदर्शन गरेर सिक्किमको नाम चम्काएको छ। वेस्ट पोइन्ट सिनियर सेकेण्डरी स्कूलले गर्ल्स ब्रास ब्यान्ड श्रेणीमा च्याम्पियनको खिताब हात पारेको थियो। यसरी नै प्रधानमन्त्रीश्री सिनियर सेकण्डरी स्कूल नाम्चीले गर्ल्स पाइप ब्यान्ड श्रेणीमा दोस्रो स्थान हासिल गर्योत। यस प्रतियोगिताले पूर्वोत्तर क्षेत्रका स्कूलका विद्यार्थीहरूको समृद्ध प्रतिभा र सांस्कृतिक विविधताको लागि विविध कार्यक्रम आयोजन गरिएको थियो। सिक्किमका विद्यार्थीहरुले पूर्वोत्तर क्षेत्रमा देखाएको उल्लेखनीय प्रदर्शनीमाथि सरकारको शिक्षा विभागले प्रशंसा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement