कृषिमा कीट एवं रोग व्यवस्थापन प्रशिक्षण शिविरको समापन

IMG-20241222-WA0245

गान्तोक: नाम्ची जिल्लाको राङ्गाङ याङगाङ निर्वाचन क्षेत्रअन्तर्गत कारोङ कृषि विभाग कार्यालयमा ग्रामीण क्षेत्रका युवाहरूलाई लिएर आयोजित ६ दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। विशेष गरेर युवाहरूलाई एकीकृत कीट व्यवस्थापन र एकीकृत रोग व्यवस्थापनमाथि प्रशिक्षण दिएर दक्ष बनाउने उद्देश्यले गत १६ दिसम्बरदेखि यो प्रशिक्षण कार्यक्रम शुरू गरिएको थियो। एग्रिकल्चरल टेक्नोलजी मेनेजेमेन्ट एजेन्सी (आत्मा) र नाम्ची जिल्लाको कृषि विभागको संयुक्त पहलमा आयोजना गरेको कार्यक्रमको प्रायोजन मेनेज हैदरावादले गरेको थियो। युवाहरूलाई दिगो रूपमा कीट र रोगहरू व्यवस्थापन गर्न आवश्यक सीपहरू प्रदान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो।
यो कार्यक्रम वातावरणमैत्री र दिगो कृषि विधिहरूमा जोड दिने जैविक, भौतिक र यान्त्रिक व्यवस्थापन अभ्यासहरूको संयोजन प्रयोग गरेर कीट र रोग नियन्त्रणको लागि दीर्घकालीन समाधानहरूमा केन्द्रित थियो।
सहभागीहरूलाई स्वदेशी प्राविधिक ज्ञान जस्तै सब्जी, फलफूल, मसाला र खेत बाली जस्ता विभिन्न बालीहरूको लागि एकीकृत कीट र रोग व्यवस्थापन रणनीतिहरू र जैविक कीटनाशकको तयारीमा व्यावहारिक प्रदर्शनहरू सहित विभिन्न विषयहरूमा ज्ञान प्रदान गरियो।
कीट र रोगहरू व्यवस्थापन गर्न आइटीकी विधिहरूको प्रयोगमा विशेष ध्यान दिँदै यसको समाधानको लागि कृषकहरूको पहुँचयोग्य र प्रभावकारी हुनुपर्ने सुनिश्चित गरियो। कार्यक्रमका प्रमुख स्रोतवक्ताकोरूपमा कृषि विभागका उपनिर्देशक सुश्री वैष्णु राई, कृषि विकास अधिकारी सुश्री फ्लोरेन्स भोटिया, कृषि निरीक्षकहरू योना प्रधान, तुफान राई र छिरिङ याङछेन भोटिया रहेका थिए। उपनिर्देशक सुश्री राईले सहभागीहरूलाई ६ दिवसीय प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरूलाई व्यवहारिकतामा कार्यान्वय गर्न र आफ्नो ज्ञान समूदायका अन्य कृषकहरूलाई साझा गर्न प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement