विण्टर कप फूटबल टुर्नामेण्टः फ्यूचर स्टार स्पोर्टिंग क्लब फाइनलमा पुग्न सफल

photocollage_2024122222413370

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)-ले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा आइतवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले १०७ टेरिटोरियल आर्मी (टीए) विरुद्ध पेनल्टी शूटआउटमा ४-१-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा फ्यूचर स्टार स्पोर्टिंग क्लबबाट करण राई ले ५९औं मिनट र १०७ टीए बाट वांगदेन तामाङ ले ६२औं मिनटमा गोल गरे। विजेता टीमका करण राई ले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement