पाकिमममा कृषकहरूलाई वितरण गरियो विभिन्न कृषि उपकरण

IMG-20241222-WA0214

गान्तोक: पूर्व सिक्किमको नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा एसएमएएम योजनाअन्तर्गत कृषकहरूलाई कृषिको निम्ति आवश्यक मशिन वितरण कार्यक्रममा सहभागि बनिन्। यस अवसरमा उनले कृषकहरूलाई अन्तक्रिया गर्दै सरकारद्वारा प्रदान गरिएको कृषि उपकरणको लाभ उठाउनु पर्ने आग्रह गरिन्। पाकिम जिल्लाको कृषि विभागद्वारा आयोजना गरिएको कृषि उपकरण वितरण कार्यक्रम सामुदायिक भवनमा सम्पन्न भएको थियो।
कार्यक्रममा कृषकहरूलाई पावर टिलर, चाफ कटर, स्पाइसेस ग्राइन्डर आदि वितरण गरियो। कृषि उपकरण कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले लाभार्थीहरूसँग संलग्न हुने अवसर पाएकोमा खुशी प्रकट गर्दै आज वितरण गरियएको कृषि उपकरणलाई प्रयोगमा ल्याउनु पर्ने आग्रह गरिन्। यसका साथै यस पहलले कृषकहरूलाई सहयोग गर्ने र उनीहरूको जीविकोपार्जन बढाउने सरकारको प्रतिबद्धताको उदाहरण दिएको बताइन्। उन्नत कृषि प्रविधिहरू अपनाएर किसानहरूले आफ्नो दक्षता उल्लेखनीय रूपमा बढाउन र स्थानीय अर्थतन्त्रको वृद्धिमा योगदान पुर्‍याउन सक्ने विधायत श्रीमती लेप्चाले मन्तव्य व्यक्त गरिन्।
विधायक श्रीमती लेप्चाले यस्तो प्रशंसनीय योजना कार्यान्वयन गरेकोमा सिक्किम सरकारप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले विशेष गरेर कृषि मन्त्री पुरण गुरुङको योगदानलाई स्वीकार गर्दै कृषि विभागको यस पहलप्रति प्रशंसा गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement