केन्द्रीय राज्यमन्त्री प्रतापराव जाधव आइपुगे सिक्किम

IMG-20241222-WA0212

गान्तोक: केन्द्रीय आयुष एवं स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधव दुई दिवसीय सिक्किम भ्रमणमा आज राजधानी गान्तोक आइपुगेका छन्। सिक्किम आउने क्रममा मन्त्री जादवलाई आज पश्चिम बंगालको बागडुग्रा विमानस्थल परिसरमा सिलगढका प्रोटोकल युनिट र टीआईसी बागडोग्राका अधिकारीहरूले स्वागत जनाए।
विशेष गरेर आजदेखि राज्यमा शुरू भएको दोस्रो चरणको रोजगार मेलाको मिसन भर्ती प्रक्रियामा सहभागी हुन उनी सिक्किम आएका हुन्। दुई दिवसीय यस कार्यक्रमको समापन सोमबार अर्थात २३ दिसम्बरको दिन हुनेछ। मन्त्री जादवसँग उनको
सल्लाहकार डा. सचिन परहाद र राज्यमन्त्रीका अतिरिक्त सचिव अर्जुन चौधरी पनि गान्तोक आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement