मणिपुरमा ठूलो परिमाणमा एसपी क्याप्सुल सहित दुई पक्राउ

4250185-1

इम्फाल(मणिपुर): मणिपुर पुलिसले राष्ट्रिय राजमार्ग-२ मा २१ हजार ६ सय अनियन्त्रित एसपी क्याप्सुल सहित दुईजनालाई पक्राउ गरिएको छ। सो कारबाही सेनापति जिल्लाको हेंगबुंग गाउँ नजिक भएको हो पुलिसले एउटा गाड़ीलाई रोकेर चेक जाँच गर्दा ती अबैध लागु औषध नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा ३७ बर्षीय मोहम्मद खान र ३६बर्षीय मोहम्मद अब्दुल रहमान रहेका छन्।
पुलिसले नियन्त्रण गरेको गाड़ीबाट ३०वटा बक्सामा राखिएको २१हजार ६सय अबैध एसपी (सेम्प्याक्स +) क्याप्सुल बरामद गरिएको छ। आरोपीका साथबाट चारवटा मोबाइल फोन, एउटा आधार कार्ड, एउटा प्यान कार्ड तथा नगद ७ हजार ३ सय समेत बरामद गरिएको छ। बरामद ग़रिएका औषधिहरू लागु औषधका रूपमा प्रयोग भएको आशंका व्यक्त गरिएको छ। हाल पुलिसले घटना दर्ता गरी जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement