बिश्नुपुरमा ठूलो परिमाणमा विस्फोटक पदार्थ र हातहतियार बरामद

Screenshot_20241222_213325_Chrome

बिश्नुपुर(मणिपुर): मणिपुरका पहाड़ी र उपत्याका क्षेत्रमा सुरक्षा बलद्वारा खोजी अभियान चलाएर बिश्नुपुर जिल्लाको मिजांग गाउँ र वथलांबी क्षेत्रबीच डांपी पहाड़ी रेञ्जबाट ठूलो परिमाणमा विस्फोटक र हातहतियार बरामद गरिएको छ।
सुरक्षा बलले खोजी अभियानका क्रममा बरामद गरिएका हातहतियारहरु एक थान ५१ मोर्टर, एकथान ७.६२ एसएलआर राइफल म्यागजिनसहित , दुई थान संशोधित स्नाइपर ७.६२ राइफल खाली म्यागजिनसहित, एक थान संशोधित ग्रेनेड लन्चर, दुई थान सिंगल ब्यारल गन, चार थान आईईडी (लगभग ७ किलोग्राम वजन), तीन थान ३६ ह्याण्ड ग्रेनेड बिना डेटोनेटर, एक मिसफायर ५१ मोर्टर बम, एक ब्याटरी, लगभग १०मीटर लामो लचिली तार, दुई थान ७.६२ एम्यूनिशनको राउण्ड, दुई थान राउण्ड सिंगल ब्यारल गनको, दुई थान ५१ मोर्टर फायर गरिएको केस, नौ एन्टी-रायट शेल, पाँच खाली ३०३ राइफलको केसेस, पाँच खाली ७.६२ एमएमको केसेस, एक वायरलेस ह्याण्डहेल्ड सेट (बाओफेंग), एक बुलेटप्रूफ ज्याकेट, एक कैमफ्लाज जंगली बुट, एक गम बुट र दो बीपी आयरन प्लेट रहेका छन्।
सो अभियान सुरक्षा बलद्वारा आतंकवादी तथा अवैध गतिविधिहरूविरूद्ध गरिएको कारबाही अन्तर्गत संचालन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement