दार्जीलिङ: कलाकारवर्ग सञ्जीवनी नाट्य संगीत समूह दार्जीलिङको आयोजनामा गरिने गृह सम्मान कार्यक्रममा यसपटक सिंहमारी, दार्जीलिङ निवासी प्रेम सिंहलाई प्रदान गरियोl ‘सञ्जीवनी नाट्य संगीत समूह’ दार्जीलिङद्वारा गृह सम्मान प्रदान गर्दै उनलाई अभिनन्दन पत्र साथै नकद राशीद्वारा सम्मानित गरियो। गीति संगीतको क्षेत्रलाई अङ्गीकार गरी वाद्यवादन मेन्डोलिन, तबला, हार्मोनियम, गायन, गीत लेखन, संगीत निर्देशन गर्दै हिमालय कला मन्दिर, गोर्खा दुःख निवारक सम्मेलनलगायत अन्य विभिन्न संस्थाहरूसित संलग्न रहेर उनले उल्लेखनीय योगदान दिएका छन्l अरुणा लामा, इन्द्र थपलिया, दावा ग्याल्मो, डेजी बराइली साथै अन्य प्रतिष्ठित गायक गायिकाहरूसँग बाध्यवादनमा साथ दिइ आकाशवाणी खरसाङका अनुमोदित वाध्यवादकको रुपमा संलग्न रहेर उनले नेपाली संगीतको श्रीवृद्धिमा प्रशंसनीय कार्य गरेका छन्l

पत्रकार तथा साहित्यकार सबिता संकल्पद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा समूहको पक्षमा क्रमैले सुपरिचित कलाकारहरू चन्दन लम्जेल, मेनुका प्रधान, दावा ग्याल्मो, मरियम लेप्चा, डेजी बराइली, कमला लेप्चा साथै अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रथममा सञ्जीवनी परिवारको पक्षमा स्वागत जनाउँदै मेनुका प्रधानले सञ्जीवनी परिवारको बृहत सम्मान के हो अनि आज पर्यन्त गर्दै आएका श्रष्टाहरूको विषयबारे प्रकाश पारे। कमला लेप्चाद्वारा अभिनन्दन पत्र पठन गरेपछि दावा ग्याल्मो अनि मरियममित लेप्चाको बाहुलीबाट श्रष्टालाई सम्मान जनाइयो भने डेजी बराइली अनि मेनुका प्रधानको बाहुलीबाट नकद राशी प्रदान गरियो।

उक्त कार्यक्रमलाई सम्बोधनमा राख्दै दावा ग्याल्मो , डेजी बराइली राइली, चन्दन लम्जेल, मरियमित लेप्चा आदिले आआफ्नो मन्तव्य राखे भने परिवारलाई आभार व्यक्त गर्दै सम्मानित प्रेम सिंहले आफूले सांगीतिक जीवनमा प्रवेश गरिएको विषयभरि आफ्नो वक्तव्य राखे। कार्यक्रमको अन्तिम चरणमा सम्मानित प्रेमसिंहले मेन्डोलिन अनि माउथ अर्ग्यान बजाएर सबैलाई मनोरञ्जन दिलाएl यसबारेमा पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।










