ट्रेविस हेडको फर्मलाई भारतको निम्ति चिन्ताको विषय बताए शास्त्रीले

IMG-20241222-WA0200

मेलबर्न: पूर्व भारतीय क्रिकेटर रवि शास्त्रीले बताएअनुसार, शर्ट बललाई झट्टै पहिचान गर्ने क्षमताले अष्ट्रेलियाका ब्याटर ट्रेविस हेडलाई बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजमा सफलता दिलाएको छ। यसको साथमा उनले भारतीय टीमलाई यस समस्याको चाँड़ै हल निकाल्ने परामर्श दिए। सीरीजको पहिलो ईनिंग्समा ११ रनमा आउट हुने हेडले अघिल्लो तीनवटा ईनिंग्समा ८९, १४० र १५२ रन बनाए। उनले एडिलेडमा खेलिएको डे-नाइट टेस्ट म्याचमा अष्ट्रेलियालाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आईसीसी समीक्षामा शास्त्रीले भने, मेरो विचारमा उनी (हेड) स्मार्ट छन्। मैले उनलाई ३ साल अघि देखेको थिएँ तर अहिले मेरो विचारमा उनले धेरै सुधार गरेका छन्। विशेषगरी उनी कुनै समस्या बिना शर्ट बल खेलिरहेका छन्। पहिलो उनी शर्ट बल खेल्न तयार रहन्थे तर अहिले उनले त्यसलाई छोड़्न पनि सिकेका छन्। बलको लाइन र लेन्थलाई चाँड़ै बुझ्ने क्षमताले हेडलाई शट् खेल्न अधिक समय दिन्छ। शर्ट बलमा प्रत्येकपल्ट नै शट् खेल्नु पर्छ भन्ने होइन। कुनै समय त्यसलाई छोड़्न पनि तयार रहनु पर्छ। यसैकारण बलको लाइन र लेन्थलाई चाँड़ै बुझ्नु जरूरी छ। फर्ममा रहेको समय हेडलाई रोक्नु लगभग असम्भव हुन्छ।
शास्त्रीले भने, उनले लेन्थलाई चाँड़ै बुझ्छन्। यही उनको सबैभन्दा ठूलो ताकत हो। उनीसँग अफ् साइडको निम्ति असाधारण शट्हरू छ। उनलाई रोक्नु मुश्किल छ। अहिले उनी आफ्नो जीवनको सर्वश्रेष्ठ फर्ममा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement