शोणितपुर(असम): शोणितपुर जिल्लाको रंगापाड़ा रेलवे स्टेशनबाट रेलवे पुलिसले चारवटा धनेश चरा सहित एकज नालाई पक्राउ गरेको छ। पुलिसका अनुसार गुप्त सूचनाको आधारमा लाचित एक्सप्रेस ट्रेनमा चलाएको अभियानका क्रममा चारवटा धनेस पंक्षीसहित मेरियास मुण्डालाई पक्राउ गरिएकोछ।
आरोपीले उदालगुरीबाट हारमतीसम्म चारवटा धनेस पंक्षीहरूको ट्रेन मार्फत तस्करी गरिरहेको थियो। त्यस समय उसलाई रंगापारा रेलवे स्टेशनबाट पक्राउ गरिएको थियो। त्यसपछि चराहरूका साथ आरोपीलाई रेलवे पुलिसले वन विभागलाई बुझाको छ। वन विभागले प्राथमिकी दर्ता गरी घटनाको जाँच गरिरहेको छ।