खरसाङ: भागोप्रमो रोहिणी खण्ड समितिको आयोजनामा ठाडो गाउँमा शाखा कमिटी गठन हेतु एक सभा ब्लक सभापति दिपक तामङको सभापतित्वमा सम्पन्न भएको छ। सभामा सर्वसम्मतिद्वारा शाखा कमिटी गठन गरियो जसमा सभापति राजु तामङ, उपसभापति संगम थिङ, सचिव सागर गोले, सहसचिव आशिष तामङ, कोषाध्यक्ष सरोज तामङ, सल्लाहकारहरू सुजन मांझी, पासङ लामा, करीब राई, नवीन तामङ, राजेश थिङ, रोजेश लामा, बुद्ध थोकर चुनिए। सभालाई महकुमा सांगठनिक सचिव गजेन प्रधान, ब्लक कार्यकारिणी सदस्य बिजय प्रधान, एमके लामा, ब्लक प्रचार प्रसार सचिव सुन्दर राई, नवनियुक्त युनिट सभापति राजु तामङ,घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाईबा, सरोज तामङ, ब्लक सभापति दिपक तामङ आदिले सम्बोधन गरेका थिए। सभामा निर्वाचित प्रतिनिधिगणलाई शुभकामना र गाउँ विकासको निम्ति एकबद्ध हुने आव्हान गरे। सरकारद्वारा प्रदान विभिन्न स्कीम र सहुलियतबारे पनि अवगत गराइयो। सभाको सञ्चालन ब्लक सचिव उत्तम मुखियाले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्।