खरसाङ खण्डको भीबीडीसी अन्तर्गतको सांगठनिक सभा सम्पन्न

IMG-20241222-WA0204

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गौरी शंकर सार्वजनिक भवनमा भीबीडीसी खरसाङ खण्ड अन्तर्गत सांगठनिक सभा सभापति सपना लामाको सभापतित्वमा आइतवार सम्पन्न गरियो। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति कोषाध्यक्ष चन्द्रकला छेत्रीले संगठनलाई मजबुत बनाउने हेतु सांगठनिक कार्यमा सबैको उपस्थिति हुनु जरुरी छ साथै संगठनको नियमावलीलाई प्रत्येक सदस्यहरूले पालन गर्नुपर्छ अनि हाम्रो समस्याको समाधान संगठनको छत्रछायाँमा बसेर एक मुष्ट भएर समाधानतर्फ जानेछ भनी बताइन्। उनले हाम्रो सदस्यतालाई सबैले राम्ररी बुझेर लेख्ने हतार गर्नु हुँदैन किनकि यो हाम्रो सदस्यता राज्यमा जानेछ भनी जानकारी दिइन्। केन्द्रीय समिति प्रवक्ता सुन्दर राईले संगठनमा फुटेर होइन जुटेर काम गर्नुपर्छ अनि हाम्रो समस्याको समाधान तब हुन्छ जब हामी एक भएर लड्नेछौँ भन्दै आज हाम्रो कतिवटा मागलाई लिएर राज्य , जिल्लामा हाम्रा प्रतिनिधिहरु लडिरहेको अवगत गराए। गत केही दिन अघि मिरिकमा केन्द्रीय समितिले एक सभा आयोजना गरेको अवगत गराउँदै उक्त सभालाई सफल पारिदिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिए औ अझै यस्तै कार्यक्रम, सभाहरूमा सबै उपस्थित भइदिने अनि आफ्ना कुनै पनि समस्या आइपरे जीपी, ब्लक, जिल्ला तथा राज्यका जनप्रतिनिधिहरु छ्न् उनीहरुलाई भन्ने र सधैँ हामी एक भएर अघि बढ्नुपर्छ भनी आह्वान गरे। सभामा केन्द्रीय समिति कोषाध्यक्ष चन्द्रकला छेत्री, केन्द्रीय समिति प्रवक्ता सुन्दर राई, खरसाङ ब्लक अध्यक्ष सपना लामा छेत्री, सचिव भूमिका छेत्री, ब्लक कोषाध्यक्ष निशी राई अनि नौवटा जीपीका भीबीडीसीका सदस्यहरु उपस्थित थिए भनि सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement