तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: नर्थ बेंगल आर्म पुलिस क्वाटर फाइनलमा प्रवेश

photocollage_20241222195821201

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको दोस्रो खेलमा‌ नर्थ बेंगल आर्म पुलिस र युनाइटेड सिविटारमाझ सम्पन्न भएको छ। यस खेलमा नर्थ बेंगल आर्म पुलिसले सिविटारलाई ३-२ को अन्तरले जितेर क्वाटर फाईनलमा प्रवेश गरेको छ। पहिलो हाफको १०औं मिनटमा नै सिविटारको तर्फबाट जर्सी नम्बर ११ कुनाल मोक्तानले गोल गरेर बढ बनाएका थिए। यसको लगत्तै नर्थ बेंगल आर्म पुलिसको‌ तर्फबाट जर्सी नम्बर १० सनातन कर्माकरले गोल गरेर खेल बराबरीमा ल्याएको थियो।‌ यसको लगत्तै नर्थ बेंगल आर्म पुलिसको‌ तर्फबाट जर्सी नम्बर १७ रिञ्जी शेर्पा र जर्सी नम्बर ९ सुरेश उराव (बाबु) ले पहिलो हाफको खेलमा‌ नै लगातार रुपमा ३ गोल गरेर बढत बनाएका थिए।‌ यसको साथै दोस्रो हाफको अन्तिम समयमा सिविटारले एक गोल गरेर खेल रोमाञ्चक बनाएको थियो। तर धेरै प्रयास गर्दा पनि खेल ड्र गर्न भने नसक्दा नर्थ बेंगल आर्म पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ। अब सोमबार हुने खेल केएफसी सिलगढी र ब्राइट एकाडेमीमाझ सम्पन्न हुने भएको छ।‌ आजको खेलमा मुख्य अतिथिको रुपमा ग्यालेक्सी अस्पताल बाघडोगराबाट जेसु दत्त उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा घैयाबारी दुई ग्राम पञ्चायत प्रधान भगवती प्रधान र तीनधारे पुलिस आउट पोष्टको बढाबाबु रमेश विश्वास उपस्थित थिइन्। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा राम्रो राम्रो फुटबल टिमहरु आईरहेको र अब अझ खेल दामी हुँदै गएको बताएका छन्‌। उनले यस तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा‌ हुने भएको जानकारी गराएका छन्। उनले यस टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement