प्रधानमन्त्री नरेन्द्र मोदी कुवेतको सर्वोच्च राष्ट्रिय पुरस्कारद्वारा सम्मानित

PM receives Kuwait’s highest honour “The Order of Mubarak Al Kabeer”, in Kuwait on December 22, 2024.

नयाँ दिल्ली: कुवेतका अमिर शेख मेशल अल-अहमद अल-जबर अल-सबाहले प्रधानमन्त्री  नरेन्द्र मोदीलाई कुवेतको सर्वोच्च राष्ट्रिय पुरस्कार ‘‘द अर्डर अफ मुबारक अल-कबीर’’द्वारा सम्मानित गरेका छन्। यस अवसरमा कुवेतका प्रधानमन्त्री शेख अहमद अल-अब्दुल्ला अल-अहमद अल-सबाह पनि उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले यस पुरस्कारलाई भारत र कुवेतबीच लामो समयदेखि रहेको मित्रता, कुवेतमा रहेका भारतीय समुदाय र भारतका १.४ अर्ब जनतालाई समर्पित गरेका छन्। ४३ वर्षपछि भारतका कुनै प्रधानमन्त्रीको कुवेतको यस ऐतिहासिक भ्रमणमा यो पुरस्कार प्रदान गरिनु यस अवसरलाई झनै विशेष बनाएको छ। यो पुरस्कार १९७४ मा शुरु गरिएको थियो, र त्यसबेलादेखि चयनित विश्व नेताहरुलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement