खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष राजु लामाले गरेका थिए। सभालाई युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए। उक्त सांगठनिक सभालाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङले हामीले क्षेत्रीय पार्टी र क्षेत्रीय नेतालाई बचाउनु पर्ने बताएका छन्। उनले हामी सबैजना पार्टीको नेतृत्वमा बसेपछि काम गर्नु पर्ने र पार्टीको लागि खट्नु पर्ने सुझाव दिएका छन्। गुरुङले अनित थापा अहिले सम्पूर्ण पहाडको नेता रहेको बताउँदै सबैले अनित थापाको हात बलियो बनाउनु पर्ने र सबैले साथ दिनु पर्ने र उनको साथमा बलियोसँग उँभिनु पर्ने सुझाव राखेका छन्। उनले आफ्नो सम्बोधनमा हामीसित जीटीए छ, पञ्चायत समिति छ, पञ्चायत छ, नगरपालिका छ र हामी सबैजना एक साथ पार्टीको लागि अघि बढ्नुपर्छ भनी बताएका छन्। सभालाई नारी शक्ति समष्टि सभापति निरा प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा र सभाध्यक्ष राजु लामाले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि र पार्टीगत सांगठनिक विषयहरु चर्चा परिचर्चा गरिएको थियो। सभामा विशेष गरेर भागोप्रमोको सदस्यता विषयमा छलफल हुनुको साथै आगामी १९ जनवरीदेखि शाखा पसौं अभियान विषयमा चर्चा परिचर्चा गरिएको थियो। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा आगामी जनवरी महिनाको दोस्रो सातामा रुकुम तीनधारे महानदी समष्टिको भ्रमणमा आउने विषयमा तयारीलाई लिएर विशेष गरेर चर्चा परिचर्चा गरिएको छ। सभामा तीनधारे महानदी समष्टिको चारैवटा ग्राम पञ्चायतहरुका पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्यहरु र पञ्चायत सदस्यहरु साथै तीनधारे महानदी समष्टिको पदाधिकारीहरु र विभिन्न भातृ संगठनहरुका पदाधिकारीहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी आजको सांगठनिक सभा विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।