अजय एडवर्डस संयोजक चयन
दार्जिलिङ: पहाडमा नयाँ राजनैतिक पार्टी ‘ईण्डियन गोर्खा जनशक्ति फ्रन्ट’गठन गरिएको छ।अजय एड्वर्ड्सको नेतृत्वमा उक्त नयाँ राजनीतिक दल गठन भएको छ।
आज दार्जिलिङको जिमखाना क्लबमा एक कार्यक्रमबीच यो नयाँ राजनीतिक पार्टीको घोषणा गरिएको छ। यस अवसरमा दार्जिलिङ पहाड एवम् तराईबाट ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित भएका थिए। यस राजनीतिक पार्टीमा हाम्रो पार्टीमा रहेका सबै नेतृत्वहरू लगायत प्रदीप प्रधान, एनबी खवास, प्रकाश गुरुङ, गौलन लेप्चा, महेन्द्र प्रधान, काजीमान लोहागण, योगेन्द्र राई साथै अन्यहरु रहेका छन्। आज दार्जिलिङ पहाडमा नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रन्ट’ गठनको घोषणा सँगै संयोजकका रूपमा अजय एड्वर्ड्सलाई चयन गरिएको छ।
केही दिनमा वृहत् जनभेला गरी पार्टीको केन्द्रीय कमिटीको घोषणा गरिने बताइएको छ। यस पार्टीले आफ्नो मुख्य उद्देश्य र लक्ष्य जाति र माटोको उन्मुक्ति राखेको बताइएको छ।उल्लेखनीय छ, अजय एड्वर्ड्सले हिजो मात्र हाम्रो पार्टी विघटन गरेको घोषणा गरेका थिए। वृहत आकार दिई हाम्रो पार्टीकै सट्टामा अजय एड्वर्ड्सले ईण्डियन गोर्खा जनशक्ति फ्रन्ट’ खोलेका हुन्। यो पार्टीको भविष्य, रणनीति र मुद्दालाई लिएर पहाडको राजनीतिक माहोलमा आजैदेखि अडकलबाजी शुरु भएको छ।