गैँडाको आक्रमणबाट एक जना घाइते

IMG-20241222-WA0165

अलिपुरद्वार: गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। गोरुमारा जंगलले घेरिएको रामसाई क्षेत्रका कलतु रोय आज गाई चराउन जाँदा गैँडाले आक्रमण गरेको हो। आक्रमणमा उनी गम्भीर घाइते भएका छन्। त्यस क्षेत्रका केही महिलाहरूले त्यो दृश्य देखे र त्यसपछि कराउन थाले। यसपछि गाउँलेहरू घटनास्थलमा आए र उनीहरूको सहयोगमा घाइते युवकलाई मैनागढी ग्रामीण अस्पतालमा लगियो तर उनको अवस्था गम्भीर भएकाले उनलाई जलपाईगढी सुपर स्पेशलिटी अस्पताल पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement