क्रिसमसको लागि सजाइयो १५० वर्ष पुरानो चर्च

IMG-20241222-WA0161

जलपाईगढी: क्रिसमसमा १५० वर्ष पुरानो चर्च सजाइएको छ। जलपाईगढी शहरको सेन्ट माइकल एण्ड अल एन्जलस चर्चलाई क्रिसमस मनाउन अगाडि सजाइएको छ। जिल्ला प्रशासन र नगरपालिकाको पहलमा यस वर्ष पनि सेन्ट माइकल एण्ड अल एन्जलस चर्च परिसरमा कार्निभल हुने भएको छ। विभिन्न क्रिस्चियन चर्च मिलेर बनेको समितिका संयोजक भोला मण्डलले प्रशासनको पहलमा २६औँ क्रिसमस कार्निभल आयोजना गर्न लागिएको निकै खुशीको खबर हो, कार्निभलको शोभायात्रा जलपाईगढीको समाज पाडाबाट निस्कनेछ।

शोभायात्राले शहर परिक्रमा गरी चर्च परिसरमा पुग्नेछ। त्यसपछि सांस्कृतिक कार्यक्रम हुनेछ। उनले सेन्ट माइकल र लस एन्जलस चर्च, फ्रेन्ड्स ब्याप्टिस्ट चर्च, गुड शेफर्ड चर्च, रोमन क्याथेड्रल चर्च, गुड चर्च र हिमालयन चर्च गरी ६ चर्चका प्रतिनिधि सहभागी हुने बताए। १५ दिन अघिदेखि हरेक घरमा क्यारोल जारी गरिएको हो। आज २२ दिसम्बरदेखि क्रिसमस पर्व शुरु भएको छ। २४ दिसम्बर २५ मा भक्तजनका लागि चर्चको मुख्य द्वार खोलिने उनले बताए। अनगिन्ती भक्तहरू चर्चमा मोमबत्ती बालेर प्रार्थना गर्न आउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement