खरसाङ: मारवाडी युवा मञ्च खरसाङ अरनबद्वारा गणेश चतुर्थीको अवसरमा खरसाङको जगदीस मन्दिरमा तीन दिवसीय पूजा समारोहको आयोजना गरिएको छ। यस अवसरमा पहिलो मन्दिरमा गणेशको मूर्ति स्थापना गरिएको थियो अनि पूजा अर्चना गरिएको थियो। यस अवसरमा सबैलाई खिँचरी वितरण गरिएको थियो। त्यसपछि भजन सन्ध्या कार्यक्रम सम्पन्न गरिएको थियो। गणेश चतुर्थीको दोस्रो दिन बिहान मन्दिरमा पूजा अर्चना गरियो भने भोलि बुधवार ब्रह्मकुमारी अनि मारवाडी युवा मञ्चको तर्फबाट भजन सन्ध्याको आयोजना गरिने भएको छ। त्यसरी नै तेस्रो दिन २ सेप्टेम्बरक दिन पूजा अर्चनासहित हवन गरिने अनि तेस्रो दिनको अपरान्हको समय मूर्ति विसर्जन गरिने भएको जानकारी मारवाडी युवा मञ्चको तर्फबाट आयुस गुप्ताले जानकारी गराएका छन्।










