सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको वार्षिक खेलकुद प्रतियोगिता विभिन्न कार्यक्रम मार्फत आयोजना गरियो आइतबारदेखि दुई दिनसम्म चल्ने १२औँ पुलिस कमिश्नरेट वार्षिक खेलकुद प्रतियोगिताको पुलिस आयुक्त सी सुधाकरले झण्डा फहराएर, सेतो ढुकुर उडाएर र शान्तिको सन्देशसहितको बेलुन उडाएर उद्घाटन गरेका हुन्। खेलकुद प्रतियोगितामा विभिन्न इभेन्टमा पुलिस पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो।



