गदर ३: खलनायकबारे चर्चा

00-1-Gadar-3

मुम्बई: फ्यानहरु फिल्म गदर ३ को प्रतिक्षामा छन्। यो फिल्मको पहिलो र दोस्रो भागले बक्स अफिसमा धमाका मच्चाएको थियो। यो चलचित्रलाई अनिल शर्माले निर्देशन गरेका हुन्। सनी देओल र अमिषा पटेल बाहेक उत्कर्ष शर्मा र सिमरत कौरले पनि ‘गदर २’ मा राम्रो प्रतिक्रिया पाएका थिए। गदर २ पछि अब गदर ३ को भिलेनको बारेमा खबर आइरहेको छ। खलनायकको नाम सार्वजनिक भएको सुनेर फ्यान पनि छक्क परेका छन्। सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। फिल्म ‘गदर’ को पहिलो भाग ‘गदर एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो। यस फिल्ममा भारत र पाकिस्तानका एक जोडीको कथा देखाइएको छ। कसरी एक भारतीय केटा आफ्नो प्रेम खोज्न र आफ्नो प्रेम कहानी पूरा गर्न पाकिस्तान जान्छ। यो प्रेमकथालाई फ्यानहरुले निकै मन पराए पनि यसको दोस्रो भागका लागि मानिसहरुले लामो समय कुर्नुपरेको थियो। ‘गदर २’ २२ वर्षपछि २०२३ मा रिलिज भएको थियो र यसले सिनेमा जगतमा इतिहास रच्यो। फ्यानहरु अहिले यसको तेस्रो भागको प्रतिक्षामा छन् जुन आउन केही समय लाग्ने तर ‘गदर ३’ को खलनायकको नाम भने बाहिर आएको छ। चर्चित अभिनेता नाना पाटेकर सन्नी देओलको फिल्म ‘गदर ३’ मा खलनायकको भूमिकामा देखिने खबर छ। सञ्चारमाध्यमसितको कुराकानीमा नाना पाटेकरले उक्त बयान दिएका हुन्। जब नाना पाटेकरलाई फिल्म गदर–३ मा खलनायकको भूमिकामा देखिने हो कि भनेर सोधियो? तसर्थ, यो प्रश्नको जवाफमा, अभिनेताले भने कि उनले यो विचार पहिले नै छलफल गरिसकेका छन्। उनले गदर–३ को कथामा देखाइएका कुरा परिवर्तन गर्न नसकिने बताए। यसपछि गदर ३ मा नाना पाटेकरले खलनायकको भूमिका निभाउन सक्ने चर्चा भएपनि आधिकारिक जानकारी भने आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement