धुबड़ी(असम): धुबड़ी जिल्लामा शनिवार राती तामरहाट पुलिसले बाल विवाह विरोधी अभियान चलाएर तिन जनालाई वाल बिबाहमा संलग्न भएको आरोपमा पक्रिएको छ।
पक्राउ पर्नेहरूमा अलहादी शेख, महाबुल हक र जहिरुल शेख रहेका छन्।
यसै गरी बाल विवाहससंग सम्बन्धित घटनाहरूमा गोलकगञ्जमा १०, गौरीपुरमा १३ र बिलासापीरामा १६ जनालाई पक्राउ गरिएको छ। अधिकारीहरूले बाल विवाह विरोधी यो अभियान आगामी दिनमा पनि जारी रहने बताएका छन्।