प्रतिबन्धित खोकी सिरपसहित दम्पती पक्राउ

IMG-20241222-WA0152

 सिलगढी: खोरीबारी पुलिसले लागूऔषध कारोबार रोक्न फेरि अभियान चलायो। पुलिसले कारबाहीमा ठूलो परिमाणमा प्रतिबन्धित कफ सिरपसहित एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वी बद्र जोटाका ५७ वर्षीय जयलाल सिंह र ४२ वर्षीय चम्पा सिंह रहेका छन्। पुलिस स्रोतका अनुसार, दीप खोरीबारीस्थित बतासी अस्पताल नजिकैको एक घरमा खरीबारी पुलिस चौकीले छापा मारेको हो।

घरमा खोजी गर्दा प्रतिबन्धित खोकी सिरपको १०१ बोतल बरामद भएको छ। त्यसपछि पुलिसले जयलाल र चम्पा दम्पतीलाई पक्राउ गरी खोरीबारी पुलिस चौकीमा ल्यायो। दुवैलाई आइतबार सिलगढी महकुमा अदालतमा पेश गरिनेछ। पुलिसले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement