११औं मिलन मोड़ गोल्ड कप शुरु

IMG-20241222-WA0178

राजगञ्ज वेलफेयर एफए विजयी

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करण आइतवारदेखि शुरु भयो। स्थानीय मिलनमोड़ खेल मैदानमा आज भएको उद्घाटन म्याचमा राजगञ्ज वेलफेयर फूटबल एसोसिएशनले सशस्त्र सीमा बल (एसएसबी), रानीडांगालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल अमित रोयले ११औं मिनटमा दर्ता गरे। टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूका साथमा सिक्किम, कलकत्ता र नेपालको अग्रणी टीमहरू सामेल छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। यसरी दुईवटा सेमिफाइनल ८ र ९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अब सोमवार खेलिने म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेड र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच जम्काभेट हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement