दुष्कर्मको कारण गर्भवती गाईको मृत्यु, अभियुक्त जेल चलान

दक्षिण २४ परगना: पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लामा मानवतालाई लज्जित पार्ने घृणित घटना भएको छ। गर्भवती गाईलाई बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक पक्रा परेका छन्। घटना दक्षिण २४ परगना जिल्लाको नामखाना ब्लकको उत्तरी चन्दनपिडी क्षेत्रमा भएको हो। गाईका मालिकले उजुरी दिएपछि आरोपित प्रद्युत भुइयालाई पुलिसले पक्राउ गरेको छ। स्थानीय र पुलिस स्रोतका अनुसार जिल्लाको उत्तरी चन्दनपिडीकी आरती भुइया र उनका परिवारले केही दिनअघि घर पछाडिको गोठमा छिमेकी प्रद्युत भुइयाले पसेर एउटा गाईलाई ‘क्रूर’ बलात्कार गरेको गुनासो गरेका थिए।

‘बलात्कारपछि अत्याधिक रक्तश्रावका कारण मध्यरातमा गाईको मृत्यु भयो,’ उजुरीकर्ताले भनिन्। यस घटनालाई लिएर क्षेत्रमा चर्को चर्चा भएको छ भने घटनापछि सनसनी फैलिएको छ। आरोपी प्रद्युत भुइयाविरुद्ध भारतीय दण्ड संहिताको धारा ३७७ बमोजिम मुद्दा दर्ता गरी १४ दिनको जेल सजाय पाएको पुलिसले जनाएको छ। त्यसपछि उनलाई मङ्गलबार काकद्वीप उपविभागीय अदालतमा पेश गरियो, जहाँ उनलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको थियो। चन्दनपिडी गाउँका एक बासिन्दाले भने, ‘प्रद्युतमाथि अनगिन्ती आरोप छन्। उनले यसअघि पनि खेतबाट बाख्रा, सवारीसाधन र तरकारी चोरी गरेका थिएl’ यस घटनालाई लिएर इलाकामा सनसनी फैलिएको छ र पुलिसले यस विषयमा अनुसन्धान शुरु गरेको छ। स्थानीयले पनि सोधपुछ गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement