टिकटक बनाउने क्रममा खाेलामा खसेर शिक्षिका र विद्यार्थी अस्ताए

IMG-20241222-WA0106

आठराई: तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शनिबार दुई जनाको मृत्यु भएको हो।
स्थानीय गौखुरी माध्यमिक विद्यालयका नर्स शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मीता भटराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी चिनिमाया तामाङले बताइन्।
शनिबार बिदाको दिन शिक्षीका र विद्यार्थी विद्यालयको पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए। सोही खोलामा टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो।
तामाङका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेर दुर्घटना भएको जस्तो देखिन्छ। खाेलाकाे खाेचमा खसेका दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे।
‘खोलामा नहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर गएका रहेछन, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याएका
थिए, ’उनले भनिन,‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement