गान्तोक: त्रिपुराको राजधानी अगरतलामा आयोजित पूर्वोत्तर परिषद (एनईसी) को ७२औं पूर्ण सत्रमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी हुन पुगे।
सो पूर्ण सत्रको अध्यक्षता केन्द्रिय गृहमन्त्री अमित शाहले गरेका थिए। यस सत्रमा पूर्वो क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, पूर्वोत्तर राज्यका राज्यपालहरू, मुख्यमन्त्रीहरू, सबै राज्यका मुख्य सचिवहरू र विभागीय अधिकारीहरूलको सहभागिता रहेको छ।
उक्त पूर्ण सत्रलाई सम्बोधन गर्दै राज्यपाल माथुरले सड़क सम्पर्क, हवाई समस्या, आर्थिक संरचना र पर्यटन विकास, भाइब्रेन्ट भिलेज प्रोग्राम, प्राकृतिक आपदा र बुनियादी ढॉंचा र जिजिटल कनेक्टिविटीको मुद्दा उठाए। राज्यपालले राष्ट्रिय राजमार्ग १० को मरम्मत सम्भारको जिम्मा एनएचआईडीसीएलले लिएकोमा राज्यवासीको तर्फबाट धन्यवाद दिए। त्यस्तै, उनले राष्ट्रिय राजमार्ग १० को तत्काल मरम्मत सम्भार र बिस्तारको आवश्यकतामाथि जोड़ दिए।
उनले पाकिम हवाई अड्डामा उड़ान सञ्चालनको अस्थिरतालाई पर्यटन र आर्थिक विकासमा ठूलो वाधा बताउॅंदै निरन्तर हवाई सेवा उड़ान गर्न तत्काल समाधानको माग राखे।
राज्यपालले भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत सिक्किमका ४६ गाउॅंको समग्र विकासको निम्ति एक समर्पित नोडल अधिकारीको नियुक्ति आवश्यक रहेको बताए। उनले सिक्किमको आर्थिक विकासको निम्ति विशेषगरि पर्यटन विकास र एमएसएमईलाई समर्थन दिनुपर्ने बताए। यसैगरी, उनले प्राकृतिक आपदाहरूको उल्लेख गर्दै पुनर्निर्माण र पुनर्वास प्रयासहरूका लागि निधिहरूको समयमा स्वीकृति र भर्नाको अपिल गरे।
राज्यपालले हिमाली राज्यमा भारत नेट ३.० कार्यान्वयनका लागि एक समर्पित समिति स्थापनाको प्रस्ताव राखे, जसद्वारा इन्टरनेट कनेक्टिविटीमा सुधार हुने र आर्थिक र सामाजिक विकासमा समर्थन मिल्ने छ। उनले केन्द्र सरकारद्वारा निरन्तर समर्थनको निम्ति आभार प्रकट गर्दै समृद्ध र प्रगतिशील उत्तर पूर्वी भारतको विकासको निम्ति सहयोगको महत्वमाथि जोड दिए।